+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंक र भारतको इन्द्रप्रस्थ अस्पतालबीच विशेष छुट सम्झौता

पालिका लाइभ
२०८३ जेष्ठ २६, मंगलवार

काठमाडौं– नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पताल र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीलाई छुट सम्बन्धी सम्झौता भएको छ ।

बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलो अस्पतालको सेवा सुविधामा विशेष छुट पाउने भएका छन् ।

प्रभु बैकंका कर्मचारी, बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डबाहकले १० प्रतिशत छुट पाउने भएका छन् ।

उक्त सम्झौता अनुसार भर्ना भएका बिरामीलाई औषधि र उपभोग्य सामग्री बाहेक तथा भर्ना नभई उपचार गराउने बिरामीलाई औषधि र परामर्शबाहेक शुल्कमा १० प्रतिशत छुट हुनेछ ।

उक्त सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोलोका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु विष्टले संयुक्त हस्ताक्षर गरे ।

यो सम्झौता २८ मे २०२६ देखि प्रारम्भ भई मे २०२८ सम्म कायम रहनेछ ।

बैंकले देशभरका ३०० शाखा कार्यालय, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख ग्राहकलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ