+
Search

ताजा अपडेट +

पपुलर +

राइड सेयरिङकाे बिराेध

राइड सेयरिङको विरोधमा गण्डकीमा सार्वजनिक यातायात ठप्प

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई औपचारिक कानुनी मान्यता दिएपछि यातायात व्यवसायीहरू आन्दोलित भएका छन्। सार्वजनिक यातायात क्षेत्रमा गहिरिँदो प्रविधिमैत्री सुधारको संकेतस्वरूप आएको यो निर्णयलाई व्यवसायीले आफ्नो अस्तित्वमाथिको खतरा ठानेका छन्। उनीहरूको नेतृत्वमा गण्डकी प्रदेशभर सार्वजनिक सवारी साधन ठप्प पारिँदा यात्रुहरू समस्यामा परेका छन् भने, सरकार र व्यवसायीबीचको द्वन्द्व चर्किंदै गएको छ।

पालिका लाइभ
२०८२ जेष्ठ १६, शुक्रबार

पोखरा– गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई मान्यता दिने कानुन ल्याएपछि यातायात व्यवसायीले गण्डकीमा सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् ।

प्रदेशले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिन नियमावली जारी गरेर कानुनी प्रक्रिया अगाडि बढाएपछि त्यसको विरोधमा व्यवसायीले सार्वजनिक सवारीका साधन चलाएका छैनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकीमा सार्वजनिक यातायात सेवा थन्क्याएका व्यवसायीले राइड सेयरिङलाई मान्यता दिने निर्णयबाट पछि हट्न सरकारलाई दबाब दिएका छन् ।

सार्वजनिक यातायात सेवालाई धराशायी बनाउने उद्देश्यले सरकार लागेको आरोप नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलको छ ।

व्यवसायीको आन्दोलनले बिहानैदेखि लामो तथा छोटो दूरीका बस सेवा, ट्याक्सी, सार्वजनिक ढुवानी सेवा गण्डकी प्रदेशभित्र ठप्प छ । ‘निजी नम्बर प्लेटको सवारी साधनलाई सार्वजनिकसरह सेवा दिने गरी आएको कानुनको विरुद्धमा हाम्रो आन्दोलन हो,’ पोखरा ट्याक्सी प्रालिका अध्यक्ष तथा सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकीका सचिवालय सदस्य शोभाकान्त पौडेलले भने, ‘सरकार निर्णयबाट पछि नहटेसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

१६ गतेदेखि गण्डकी प्रदेशभित्र र १९ गतेदेखि देशव्यापी यातायात सेवा ठप्प पार्ने चेतावनी व्यवसायीको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ