+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद् बैठक

झन्डै ३ घण्टा ढिलो गरी मन्त्रिपरिषद् बैठक सुरु, पाउला त मुलुकले नयाँ गभर्नर

पालिका लाइभ
२०८२ बैशाख २५, बिहीबार

काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा झन्डै तीन घण्टा ढिलो गरी मन्त्री परिषद् बैठक सुरु भएको हो ।

साँझ ५ बजेको बोलाइएको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर चयन गर्ने सम्भावना रहेको बुझिएको छ ।

सो अघि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच भेटवार्ता भएको थियो ।

सो भेटवार्तामा एमालेबाट उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र सङ्क्रमणकालीन न्याय सल्लाहकार अग्निप्रसाद खरेल तथा गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणालगायतको उपस्थित थियो ।

राष्ट्र बैंकको गभर्नर नियुक्त हुने सम्भावना रहेको भनिएको मन्त्रिपरिषद् बैठक अघि यो भेट भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ