+
Search

ताजा अपडेट +

पपुलर +

रेमिट्यान्स आप्रवाह ९.१ प्रतिशतले बढ्यो, भित्रियो ५ खर्ब २१ अर्ब

पालिका लाइभ
२०८१ मंसिर २७, बिहीबार

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनाको अवधिमा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१ प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकको साउन–कार्तिकको अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको चार महिनामा यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५ खर्ब ६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब २१ अर्ब ४३ करोड रहेको थियो ।

चार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ छ । यही अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ