+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल लाइफले ल्यायो ‘हामीलाई त बडादसैँ लाग्यो है’ टिकटक प्रतिस्पर्धा

पालिका लाइभ
२०८१ आश्विन २१, सोमबार

काठमाडौं- जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडादसैँको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमंग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ।

बडा दसैँको उत्साहमा अझै उमंग थप्न नेपाल लाइफ इन्स्योरेन्सले हामीलाई त बडा दसैँ लाग्यो है! नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो।

‘हामीलाई त बडा दसैँ लाग्यो है!’ नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ। नेपाल लाइफबाट उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरुलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ।

विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिको आधारमा तय हुनेछ भने यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यही असोज १७ देखि कात्तिक २४ गतेसम्म सहभागी हुन सक्नेछन्।

दसैँले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ