+
Search

ताजा अपडेट +

पपुलर +

गाउँपालिकाका पूर्वअध्यक्षसहित १० जनालाई भ्रष्टाचार मुद्दा

पालिका लाइभ
२०८० फाल्गुन २७, आईतवार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सम्सी गाउँपालिकाका पूर्वअध्यक्ष शेष फारुक, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसहित १० जनाविरुद्ध अदालतले भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ६ मा आर्थिक वर्ष २०७७/०७८ मा बनाइएको सडक ढलान योजना, पीसीसी ढलानसमेतका योजनामा स्थायी इञ्जिनियरबाट कामकाज नगराई करारको इञ्जिनियरबाट इष्टिमेट र मूल्याङ्कन गराएर अनियमितता गरेको अख्तियारले जनाएको छ ।

नक्कली नापी किताब, बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको, साथै प्रतिवादी ओमकुमार महतोले बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरपुर चौकसम्म योजनाको बिलअनुसार भुक्तानी प्रक्रिया अगाडि बढाउन ४ लाख ३ हजार ५८१ रकम भुक्तानी दिएको भन्दै गैरकानूनी कार्य गरेको पाइएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

फारुक २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । यद्यपि पछि उनी माओवादी केन्द्रको कारबाहीमा निर्वाचन आयोगबाट पदमुक्त भएका थिए ।

उनलाई निर्वाचन आयोगले गाउँपालिका अध्यक्षबाट पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि पुनर्वहाली भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ