+
Search

ताजा अपडेट +

पपुलर +

संघीय निजामती सेवा ऐन चाँडै सांसदबाट पास भई लागू हुनेछ : मन्त्री देवी

पालिका लाइभ
२०८० भाद्र २२, शुक्रबार

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन संघीय निजामती सेवा ऐनको भूमिका महत्त्वपूर्ण हुने बताएकी छिन् ।

शुक्रवार सिंहदरबारमा २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्राविधिक कारणले संघीय निजामती सेवा ऐन आउन ढिलाइ भएको बताइन् ।

सरकारले मन्त्रीपरिषद्बाट पास गरी संसद्मा पठाउने निर्णय भइसकेकाले अब छिटै नै सांसदबाट पारित भई कार्यान्वयनमा जाने विश्वास व्यक्त गरिन् ।

उनले संघीय निजामती सेवा ऐन लागू भइसकेपछि संघीय निजामती सेवा मात्र नभई प्रदेश र स्थानीय तहसम्मको धेरै अन्यौलता पनि अन्त्य हुने बताइन् ।

मन्त्री देवीले ऐन पारित गर्न सबैको सहयोग र अपेक्षा राखेको बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ