गोरखा– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा संलग्न रहेकालाई कारबाही गरेर छाड्ने बताएका छन्।
जिल्ला सदरमुकाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीकै निर्देशनमा विमानस्थलका सबै निकायलाई समन्वय गरेर अगाडि बढ्ने तयारी भएको बताए।
उनले भने, ‘सुन प्रकरणलाई हामीले गम्भीर रूपमा लिएका छौँ। त्यसैको आधारमा छलफलको आधारमा नयाँ ढंगले व्यवस्थापन गर्ने योजना बनाउँदै छौं।’
सुशासनको पक्षमा प्रधानमन्त्रीको नेतृत्वमा सरकार दृढतापूर्वक अघि बढ्ने बताए।
उनले भने, ‘सुन प्रकरणमा हामीले समग्र अनुसन्धान गर्दैछौं। अनुसन्धानलाई जरैसम्म पुन निर्देशन दिएका छौँ। त्यसका आधारमा सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ।’
https://www.facebook.com/palikalivenp/videos/2051793465163412
उनले भ्रष्टाचारीहरूको सञ्जाल ठुलो भएकाले आफूले अभियान चलाउनुपरेको बताए।
भ्रष्टाचारविरोधी अभियानलाई रोक्ने प्रयास हुनु स्वभाविक भएको बताउँदै त्यस्ता प्रयासलाई असफल पार्ने बताए।
गठबन्धन भित्रैबाट पनि प्रयास भइरहेको भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘हुनसक्छ। हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन । नेपाली कांग्रेससहितको गठबन्धन शुद्धैशुद्ध छ भन्न सकिँदैन। तर, प्रधानमन्त्रीको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियानलाई सफल पार्छौँ।’
यस्तै, उनले पार्टी पुनर्निर्माणलाई पनि अगाडि बढाउनुपर्ने बताए।
@palikalivenp गाेरखा पुगेर गृहमन्त्रीले भने : हाम्रै पार्टीका सबै शुद्ध छन् भन्ने छैन, गठबन्धनबाट रोक्ने प्रयास हुनु स्वभाविक
उनले भने, ‘केन्द्रीय समितिको बैठक बस्दैछौं। हामीले पार्टी शक्तिशाली कम्युनिष्ट पार्टीमा रूपान्तरणका लागि लागिरहेका छौँ। हामीले पार्टीलाई यथास्थितिमा राखेर समाजवादीको लक्ष्यमा पुग्न सक्दैनौँ। वैचारिक राजनीतिक, विधि र पद्धतिलाई समयसापेक्ष बनाउनुपर्छ।’
वामपन्थी शक्ति निर्माणको लागि मोर्चा हुँदै एकताको प्रयास गरिरहेको बताए।
भिडिओ
प्रतिक्रिया