+
Search

ताजा अपडेट +

पपुलर +

नक्कली शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्णसहित १६ जना जेल चलान, दुई जनासँग धरौटी माग

पालिका लाइभ
२०८० असार १, शुक्रबार

काठमाडाैं- नक्कली शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्रीसहित १६ जनालाई जेल चलान गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई जनालाई भने धरौटीमा छाड्ने आदेश दिएको छ ।

लक्ष्मी मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेका १८ जनासहित ३० जनाविरुद्ध संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको अपराध गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा गत जेठ १० गते मुद्दा दायर भएको थियो।

जसमध्ये १२ जना अझै फरार रहेका छन् । उनीहरू भने अदालतमा उपस्थित भएपछि मात्रै बयान र थुनछेक बहस हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ