+
Search

ताजा अपडेट +

पपुलर +

‘प्रसाद २’को ट्रेलर सार्वजनिक, २४ चैत्रमा प्रदर्शनको तयारी

पालिका लाइभ
२०७९ फाल्गुन २०, शनिबार

काठमाडौं– फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ। साथै चैत्रको २४ गते फिल्मको प्रदर्शन मिति तय भएको छ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्मले राजनीतिक र सामाजिक कथालाई उठान गरेको छ।

फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन्। उनीहरूको वैवाहिक जीवनपछि जातीयताको कारण आउने समस्या, त्यसमा अन्य व्यक्तिहरूले खेल्ने खेलको कथामा फिल्म बनेको बुझ्न सकिन्छ।

फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ।

राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा सुशील पौडेलको कथा छ। फिल्ममा मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको संगीत छ।

फिल्मको निर्माता सुदर्शन बस्नेत हुन्।

एसजी फिल्मस्ले सुलभ थापा प्रोडक्शनसँग सहकार्य गर्दै यो फिल्मको निर्माण गरेको हो। ‘प्रसाद’ व्यापारिक र समीक्षागत रुपमा हिट भएपछि यसको निर्माणपक्षले सिक्वेलको निर्माण गरेको हो।

ट्रेलर

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ