+
Search

ताजा अपडेट +

पपुलर +

समिक्षा अधिकारीको स्वरमा निभेको चुलो

पालिका लाइभ
२०७९ पुष १९, मंगलवार

काठमाडौँ- गयिका समिक्षा अधिकारी बिस्तारै गायनमा लय समात्दै छिन्। अघिल्लो हप्ता राजेन्द्र थापाको गीत गाएकी समिक्षाको यो साता नयाँ गीत सार्वजनिक भएको छ। उनको स्वरमा ‘निभेको चुलो’ बोलको गीत सार्वजनिक भएको हो।

सार्वजनिक गीतमा पीडा भाव व्यक्त गरिएको छ। गीत अभि सुनारले लेखेका हुन्। भिम विसीको संगीत रहेको गीतमा विश्व अधिकारीले संगीत संयोजन गरेका छन्।

गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ। म्यूजिक भिडियोमा अभि सुनार, पूजा तिवारी, गणेशराज भण्डारी लगायतका कलाकारले अभिनय गरेका छन्।

नरेश ऐरले छायांकन गरेको भिडियो सम्पादन मिन रावलले गरेका छन्। म्यूजिक भिडियो निर्देशन राहुँल बराइलीले गरेका छन्।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ