+
Search

ताजा अपडेट +

पपुलर +

रमन र अस्मिताको स्वरमा रहेको गीत ‘परानी’ सार्वजनिक

पालिका लाइभ
२०७९ पुष ९, शनिबार

काठमाडौं– भोजपुर घरभई ललितपुर बसोबास गर्दै आएका गायक रमन रायमाझी र झापा घर भई काठमाडौंमा बस्दै आएकी गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘परानी’ बजारमा सार्वजनिक भएको छ। नरेश खातीको संगीत र शब्द रहेको ‘परानी’ गीतको म्युजिक भिडियो रिलिज गरिएको हो।

संगीतकार खातीले सोमबार ‘परानी’लाई मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट रिलिज गरेका हुन्। ‘परानी’को एरेञ्ज र मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन्।

सुनिल क्षेत्रीको निर्देशन रहेको म्युजिक भिडियोमा मेक्सम खाती र वर्षा सिवाकोटीको अभिनय रहेको छ। संगीतकार नरेश र मोडलको रुपमा देखिएका गायक मेक्समले धेरै वटा सफल गीतहरू दिएका छन् भने आधा दर्जन गीत करोड क्लबमा छन्।

बाबा सुपर म्यान, मेरो छोरा, माया मारेर, तिम्रै मायाले, हैन होला र, तिम्रै रुपैको जादु लगायतका गीत उनीहरुका सर्वाधिक चर्चित छन्।

यता गायक रमन रायमाझीको पनि यस अघि पनि विभिन्न भाकाका गीतहरु सार्वजनिक भइसकेका छन्।

उता गायिका अधिकारीले पनि थुप्रै चर्चित गीतहरुमा स्वर दिइसकेकी छिन्। चर्चित अभिनेत्री शिवाकोटीले भने थुप्रै चलचित्र, म्युजिक भिडियो आदिमा सफल अभिनय तथा मोडलिङ्ग गरिसकेकी छिन्।

हाल युट्युब, टिकटक लगायतका सञ्जालहरुमा यो भिडियोले चर्चा बटुलिरहेको छ। परानी बोलको गीतले छोटो समयमा राम्रै चर्चा बटुल्नेमा गायक रमन रायमाझी विश्वस्त छन्।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ