+
Search

ताजा अपडेट +

पपुलर +

रिलिज भएको १ घण्टामै भाइरल भयो ‘पठान’को पहिलो गीत ‘बेशर्म रङ’

पालिका लाइभ
२०७९ मंसिर २९, बिहीबार

काठमाडौं– शाहरुख खान र दीपिका पादुकोणको फिल्म ‘पठान’को पहिलो गीत ‘बेशर्म रङ’ सोमबार रिलिज भयो। रिलिज हुनेबित्तिकै गीत भाइरल भएको छ।

रिलिज भएको १ घण्टा पनि नबित्दै युट्युबमा १ मिलियनभन्दा धेरै भ्यूज प्राप्त भएको छ। सामाजिक सञ्जालमा पनि गीतका अंशहरु शेयर भइरहेका छन्।

गीतको नामजस्तै अभिनेत्री दीपीकाको लुक्स पनि ‘बेशर्म’ रहेको फ्यानहरुको टिप्पणी छ। दीपिकाको सिजलिङ डान्स मूभ्स र ग्यालमर लुक्सले गीतलाई अझै खास बनाइदिएको छ।

लामो कपाल र हल्का दाह्री भएको लुक्समा बलिउडका ‘किङ खान’ शाहरुख पनि ‘आकर्षक’ देखिएका छन्।

फिल्म ‘पठान’ सन् २०२३ को जनवरी २५ देखि प्रदर्शनमा आउँदैछ। ‘पठान’ मा शाहरुख खान, दीपिका पादुकोणका अतिरिक्त जोन अब्राहम लगायतको पनि भूमिका छ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ