+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा एक स्कुले शिक्षकले गरे आत्माहत्या !

पालिका लाइभ
२०७९ भाद्र ३०, बिहीबार

गोरखा- गोरखा बजारको एक स्कुले शिक्षकले आत्माहत्या गरेका छन् ।

गोरखा नगरपालिका १० को बिरेनचोकमा रहेको रत्नराज्य माविका शिक्षक मेनका अर्यालले बुधबार आत्माहत्या गरेको गोरखा प्रहरीले पुष्टी गरेको हो ।

गोरखा नगरपालिका ८ घर भएका शिक्षक अर्यालले घरमा कोही नभएको बखत आफै सुत्ने कोठामा आत्मा गरेको गोरखा प्रहरीले जनाएको छ ।

बिगत केही साता यतादेखी बिरामी भएका अर्यालले स्कुलबाट बिदा लिएर घर बस्दै आएको प्रधानाध्यापक तेजबहादुर नेपालीले बताए ।

‘मेनाका मिस केही सातादेखी बिरामी भएकोले बिदामा हुनु हुन्थ्यो’ प्रधानाध्यापक नेपालीले भने ‘वहाँको यो खबरले हामी सबैलाई स्तब्ध बनाएको छ ।’

बिरेनचोकको रत्न राज्य माविमा शिक्षक रहेकी उनले प्राईमरी लेबलका बिद्यार्थीहरुलाई अध्यापन गराउदै आएको स्कुल प्रशासनले जनाएको छ ।

मृत्तक शिक्षकको श्रीमान जिल्ला मालपोत कार्यालयमा जागिरे छन् ।

उनको २ छोरी र १ छोरा भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ