+
Search

ताजा अपडेट +

पपुलर +

मोदिकाको ‘तीज आयो घुमेर’ मा गीता ढुंगानाको छमछमी

पालिका लाइभ
२०७९ श्रावण २३, सोमबार

काठमाडौ– नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक बढ्दै गर्दा गायिका मोदिका निरौलाको ‘तीज आयो घुमेर’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा भुवन पौडेलको शब्द रहेको छ भने अनिल शाहीले संगीतसँगै एरेञ्ज पनि गरेका छन् ।

मौसाबी क्रियशनको प्रस्तुतीमा बनेको म्युजिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गीता ढुंगानाले छमछमी ठुम्का लगाएकी छिन् ।

मौसबी क्रियशन युट्युव च्यालनबाट सार्वजनिक म्युजिक भिडियोमा गीतासँगै गायिका मोदिकाको नृत्य पनि देख्न सकिन्छ । गीतमा रेश्मा खड्गीको कोरियोग्राफी रहेको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ