+
Search

ताजा अपडेट +

पपुलर +

सुरेन्द्र पाण्डे भन्छन्- चुनावअघि नै गठबन्धन च्यातचुत पार्ने प्रयास गर्छौं

पालिका लाइभ
२०७८ पुष १६, शुक्रबार

चितवन- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आगामी निर्वाचन अघि नै पाँच दलीय गठबन्धन भत्काउने प्रयासमा एमाले रहेको बताएका छन्।

गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताएका हुन्।

उनले भने, ‘पार्टी चुप लागेर बसेको हुँदैन। चुनावअघि नै गठबन्धन च्यातचुत पार्ने प्रयास गर्छौं।’ आफूहरु गठबन्धन भत्काइदिने प्रयासमा रहेको उल्लेख गर्दै त्यसो गर्न सक्दा चुनाव जित्न सहज हुने उनको भनाइ छ।

यदि त्यस्तो अवस्था बनाउन नसकेमा पनि जित्नेगरी लाग्न कार्यकर्तालाई सुझाएका छन्। चुनाव निकट रहेकाले प्रतिष्पर्धाको कोर्स चलिरहेको उनको बुझाइ छ।

उनले कार्यकर्तालाई निर्देशन दिए, ‘चुनावको नतिजा धेरै कुराले प्रभावित पार्छ। एक ठाएँ बसेर हिसाब निकाल्ने होइन, हरेक मान्छेलाई भेटेर पार्टीलाई विजयमा लैजानेगरी लाग्नुहोस्।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ