+
Search

ताजा अपडेट +

पपुलर +

वितिय हस्तान्तरणमा गाेरखाका स्थानीय तहलाई कति बजेट? [पूर्ण विवरण सहित]

पालिका लाइभ
२०७८ जेष्ठ १६, आईतवार

गाेरखा- सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि गाेरखाका स्थानीय तहलाई अन्तर सरकारी वितिय हस्तान्तरणमा करिब ४ अर्व २० कराेड १२ लाख बजेट विनियोजन गरेको छ । याे आर्थिक वर्ष २०७६/७७ काे तुलनामा कम बजेट हाे ।

सरकारले आर्थिक वर्ष २०७६/७७का लागि जिल्लाका स्थानीय तहलाई समपुरक र विषेशबाहेक ५ अर्व ७६ कराेड २० लाख बजेट विनियोजन गरेको थियाे । याे बर्ष करिब १ अर्ब ५६ कराेड ८ लाख कम बजेट प्राप्त गरेकाे छ ।

अर्थ मन्त्रालयले अन्तर सरकारी  वित्तीय हस्तान्तरण मार्फत आगामी आर्थिक वर्षका लागि जिल्लाका ११ वटाै स्थानिय तहलाइ उपलब्ध गराएको अनुदान बजेट सार्वजनिक गरेको छ।

योसँगै अर्थ मन्त्रालयले जिल्लाका २ नगरपालिका र ९ गाउपालिकाले पाउने समानीकरण अनुदान र सशर्त वापत दिइने अनुदान रकमको विवरण सार्वजनिक गरको हो।

मन्त्रालयले सार्वजनिक गरेकाे विवरणामा गाेरखा नगरपालिकाले ५६ कराेड ९५ लाख, पालुङ्टार नगरपालिकाले ५१ कराेड ४ लाख पाउने भएकाे छ । याे रकम समानीकरण अनदुान, सशर्त अनदुान, विशेष अनदुान र समपुरक अनदुान (पुजिगत)का शिर्षकमा पाएकाे हाे ।

गाउँपालिका तर्फ अजिरकाेटले २९ कराेड ४८ लाख, आरूघाटले ३७ कराेड ६५ लाख, गण्डकीले ४० कराेड ७२ लाख, चमनुव्रीले २० कराेड १३ लाख, धार्चेले २४ कराेड १७ लाख, भिमसेन थापाले ३७ कराेड ४२ लाख, शहिद लखनले ४० कराेड ५३ लाख, सिरानचाेकले  ४२ कराेड र बारपाक-सुलिकाेटले ४० कराेड ३ लाख अनुदान रकम पाउने भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ