+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्न स्थानीय तहलाई परिपत्र

पालिका लाइभ
२०७७ चैत्र १७, मंगलवार

काठमाडौं- सरकारले सबै स्थानीय तहलाई बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न पुनः परिपत्र गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबदेखि लाभग्राहीको अभिलेखसमेत यकिन गरी बैंकिङ प्रणालीबाट वितरण गर्न सात सय ५३ वटै स्थानीय तहलाई पुनः परिपत्र गरेको हो ।

यस अघि नै परिपत्र गरिसकेको मन्त्रालयले बैंकिङ पहुँच पुगेका सुगम जिल्लाका केही स्थानीय तहलेसमेत सामाजिक सुरक्षा भत्ता नगदमा वितरण गरेको भनी प्रतिनिधि सभा सार्वजनिक लेखा समितिमा वेरुजु छलफल हुँदा समितिको निर्णयबाट ध्यानाकर्षण भएको भन्दै पुनः परिपत्र गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ