काठमाडौं- हाल भारतमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् पुनर्स्थापनासँगै फेरि उही कुर्सीको खेल सुरु हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।
आज (बिहीबार) बिहानै सामाजिक सञ्जालमार्फत उनले सर्वाेच्च अदालतको फैसलापछि (प्रतिनिधि सभा पुनर्स्थापनाको) राजनीति पुनः दल/नेताको हातमा पुगेको उल्लेख गर्दै फेरि सत्ताकै उही पुरानो खेल सुरु हुन सक्ने खतरा औंल्याएका हुन्।
तर देशको आवश्यकता र जनताको चाहना दल/नेताले विगतका गल्तीबाट पाठ सिकेर नयाँ राष्ट्रिय सहमति गरुन् भन्ने रहेको भन्दै डा. भट्टराईलाई सबै दल/नेतालाई चेतावनी दिएका छन्।
‘सुप्रिम कोर्टपछि राजनीति पुनः दल/नेताको कोर्टमा पुगेको छ। घरज्वाइँलाई खानको धन्दा भनेझैं उही पुरानै कुर्सीको खेल सुरु हुने खतरा छ,’ डा. भट्टराईले भनेका छन्, ‘टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्न सक्छ। देशको आवश्यकता र जनताको चाहना दल/नेताले पाठ सिकुन्, नयाँ राष्ट्रिय सहमति गरुन् भन्ने छ है ! चेतना भया !’
सुप्रिम कोर्टपछि राजनीति पुन:दल/नेताको कोर्टमा पुगेकोछ।घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ।टाउको गन्ती,ज्योतिषको जोखाना,किनबेचको शृंखला चल्नसक्छ।देशको आवश्यकता र जनताको चाहना दल/नेताले पाठ सिकून्;नयाॅ राष्ट्रिय सहमति गरून् भन्ने छ है!चेतना भया!
— Baburam Bhattarai (@brb1954) February 25, 2021
प्रतिक्रिया