काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको वेग तीव्र गतिमा अघि बढेको टिप्पणी गर्दै अब त्यसको कटुसत्य बुझ्न र प्रतिवाद गर्न ढिलाई गर्न नहुने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।
उनले यस्तो लेखेका छन् ‘संवैधानिक अंगरआयोगहरूको असंवैधानिक नियुक्ति ओली प्रतिगमनको अर्को किस्ता मात्रै हो। जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने उच्चतम अंग प्रतिनिसभा भंग गरेर शुरू भएको प्रतिगमन अब किस्ता किस्ता हुॅदै सम्पूर्ण प्रतिक्रान्तितिर तीब्र वेगमा अघि बढेको कटुसत्य बुझ्न र प्रतिवाद गर्न ढिलो नगरौं ! ‘
प्रतिक्रिया