काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले संवैधानिक परिषद्को अध्यादेश ल्याएको प्रति टिप्पणी गर्दै तीन जनाको ओली परिषद् बनाएको बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा भट्टराईले प्रतिगमनको आधार तयार पारिन लागेको आरोप लगाएका हुन्।
‘त्यसै त निम्छरा संवैधानिक आयोग, अब अध्यादेशमार्फत् बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्?’ भट्टराईले लेखेका छन्‚ ‘त्यत्रो वलिदानमार्फत् स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त? अर्को विनाशकारी अध्यादेशअघि नै संसद अधिवेशन बोलाऊ!’
मंगलबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठकमा प्रचण्ड पक्षका मानिने सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि लगत्तै बोलाइएको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको थियो।
मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी थिइन्।
त्यसै त निम्छरा संवैधानिक आयोग,अब अध्यादेश मार्फत बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्? त्यत्रो वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त?अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊॅ!।
— Baburam Bhattarai (@brb1954) December 15, 2020
प्रतिक्रिया