काठमाडौं-जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशका युवालाई राजतन्त्रका पक्षमा लाग्ने गम्भीर गल्ती नगर्न आग्रह गरेका छन्।
देशका विभिन्न स्थानमा राजावादीले शक्ति प्रदर्शन गरिरहेका बेला पूर्वप्रधानमन्त्री डा. भट्टराईले शनिबार सामाजिक सञ्जालमार्फत सचेत गराएका हुन्।
‘युवासँग आग्रह : गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ,’ उनले भनेका छन्, ‘अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकी गिलास भरौं, नकि रिसको झोंकमा आधा भरिएको गिलास घोप्ट्याएर पूरै गिलास खाली होस्!’
युवासंग आग्रह-गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ!अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाॅकीगिलास भरौं;नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्!अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाॅसो नबिर्सौं!दुबैसॅग लडेर अघिजाने साहस गरौं!
— Baburam Bhattarai (@brb1954) November 28, 2020
उनले अगाडि भनेका छन्, ‘अगाडिको स्यालसँग लड्दा पछाडि झ्याङमा लुकेको ब्वाँसो नबिर्सौं। दुवैसँग लडेर अघि जाने साहस गरौं।’
प्रतिक्रिया