+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीलाई हटाउनैपर्छ : बाबुराम भट्टराई

पालिका लाइभ
२०७७ मंसिर ३, बुधबार

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनै पर्ने बताएका छन्।

बुधबार ट्विट गर्दै भट्टराईले ओली सरकारको असफलता/भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्ने बताएका हुन्।

भट्टराईले नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले हस्तक्षेप गर्न खोजेको भन्दै त्यसो गर्न नमिल्ने जिकिर गरेका छन्।

‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्ने उनकाे तर्क छ। १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन; २. ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ,’ भट्टराईले लेखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ