+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीलाई बाबुरामको जवाफ : ढाँटको कुरा खाई पत्याउनु!

पालिका लाइभ
२०७७ आश्विन ३०, शुक्रबार

काठमाडौं-  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई भ्रष्टाचारविरुद्ध कुरा होइन, काम गरेर देखाउने चुनौती दिएका छन्।

केही दिनअघि जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. भट्टराईले नै बूढीगण्डकी जलविद्युत् आयोजनामा करोडौं भ्रष्टाचार गरेको आरोप लगाएपछि ओलीले शुक्रबार आफूले त्यस्तो हर्कत गर्न नसक्ने जवाफ दिएका थिए। याे : बाबुरामलाई प्रधानमन्त्रीको जवाफ : हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौँ

त्यसलगत्तै डा. भट्टराईले टि्वट गरेर फेरि उनलाई जवाफ फर्काएका हुन्।

डा. भट्टराईले लेखेका छन्- ‘प्रम@kpsharmaoli को भ्रष्टाचारप्रति साँच्चै शून्य सहनशीलता हो भने बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रेस, यती, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय/निष्पक्ष छानबिन गर्न कसले रोकेको हो त? कुराले हैन, काम गरेर देखाउनोस्! नत्र ढाँटको कुरा खाइ पत्याउनु..!’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ