+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौँ उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण

पालिका लाइभ
२०७७ भाद्र १४, आईतवार

काठमाडौं- आइतबार मात्र काठमाडौँ उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो पछिल्लो २४ घण्टाको रिपोर्ट हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आाइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका ४२९ जना संक्रमित भएको बताए।

उनका अनुसार उपत्यकामा थपिएका संक्रमितका काठमाडौँका ३७२ ललितपुरका १२ र भक्तपुरका ४५ रहेको छन्। उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या अप्रत्यासित रुपमा बढ्न थालेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ