+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण, ३१ हजार ९३५ पुगे संक्रमित

पालिका लाइभ
२०७७ भाद्र ७, आईतवार

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ९३५ जना पुगेको छ। काठमाडौं उपत्यकामा आइबार १६६ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

हाल १३ हजार १५५ जना सक्रिय संक्रमित छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेनमा छन्। आइतबार ३ हजार ९४३ होम आइसेलनमा छन्।

२४ घण्टायता ८ हजार २६ जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ