गोरखा- जिल्लाको सिरानचाेक गाउँपालिका सहित ८ वटा स्थानीय तहमा कोरोनाका बिरामी भेटिएका छन् ।
छाेप्राकका ३६ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
वडा न ५ छाेप्राक घर भएका युवा वडा न ६ गांखुकाे क्वारेनटाइनमा बसेका थिए । योसँगै जिल्लाका ८ वटा स्थानीय तहमा कोरोनाका बिरामी भेटिएका छन्।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ।
उनलाई जिल्ला आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।
यो सँगै जिल्लाको धार्चे, चुमनुव्री र आरूघाट गाउँपालिकामा कोरोनाका बिरामी फेला पारेका छैनन् । गोरखामा कोरोना जित्नेको सङ्ख्या भने २० पुगेको छ ।
जिल्लाको गोरखा, पालुङटार नगरपालिका, अजिरकाेट,सिरानचाेक, बारपाक-सुलिकाेट, भीमसेन, सहिद लखन र गण्डकी गाउँपालिकामा कोरोनाका बिरामी भेटिएका छन् । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला आइसोलेसन सेन्टरले जनाएको छ ।
प्रतिक्रिया