+
Search

ताजा अपडेट +

पपुलर +

एनसेलका ग्राहकले अव मोबाइलमा ब्यालेन्स नभए पनि कुरा गर्न पाउने

पालिका लाइभ
२०७७ बैशाख १०, बुधबार

काठमाडौं– एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य अवस्थामा भएपनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् ।

ग्राहकले भ्वाइस, डाटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क रु ५ पछि तिर्न सक्छन् ।

कोरोना भाइरस रोगको महामारीले ल्याएको विपद्को परिस्थितीमा आफ्ना ग्राहक माझ सेवा सुनिश्चित गर्दै, एनसेल प्राइभेट लिमिटेडले वैशाख ५ (शुक्रबार) देखि आफ्ना प्रिपेड ग्राहकका लागि यो आकर्षक प्याक उपलब्ध गराउँदै आएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले मात्र रु ५ मा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएस सहितको बण्डल सेवा सुचारु गर्न सक्छन् ।

शुन्य मेन ब्यालेन्स भएका वा ब्यालेन्स रु ५ भन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यो प्याक सुचारु गरेर आ–आफ्ना आफन्तसँग सम्पर्कमा रहिरहन सक्छन् ।

विपद्को घडिमा ग्राहकले ब्यालेन्स रिचार्जमा कठिनाइ भोग्दै सेवाको पहुँचबाट बन्चित भएको हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै एनसेलले ग्राहकलाई यो सुविधा उपलब्ध गराएको हो ।

एनसेलले लकडाउन शुरु भएपश्चात विगत एक महिनाको समयदेखि भ्वाइस, डेटा र एसएमएसलगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स रु ५ भन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहकलाई सेवा दिनयो प्याक ल्याएको हो ।

यसअन्तर्गतको प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजे देखि अर्को दिनको विहान ९ बजेसम्म प्रयोग गर्न सक्छन् र प्राप्त सेवाहरु ७दिनको लागि मान्य रहनेछ ।

विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका, मेन ब्यालेन्स रु ५ भन्दा कम भएका र एक महिना देखि मोबाइलमा कुनै पनि सेवा प्रयोग नगरेका प्रिपेड ग्राहकले मात्र यो योजनाअन्तर्गतको प्याक सुचारु गर्न सक्छन् ।

ग्राहकले एस्ट्रिक्स९९८८एस्ट्रिक्स५५ह्यास वा एस्ट्रिक्स९९८८ह्यास डायल गरी यो प्याकसुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्क श्वतः काटिने छ । यस बाहेक अन्य शुल्क लाग्ने छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ