+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाका दुर्गम बस्तीमा टावर विस्तारकाे माग लिएर टेलिकम पुगे सुधन गुरूङ

पालिका लाइभ
२०८२ फाल्गुन २८, बिहीबार

काठमाडौं– नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुधन गुरुङले आफ्नो क्षेत्रको विकासमा सक्रियता देखाएका छन् ।

उनले बिहीबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा पुगेर गोरखाका विभिन्न दुर्गम क्षेत्रमा रहेको सञ्चार समस्या समाधानका लागि औपचारिक माग राखेका हुन् ।

गुरुङले बुझाएको पत्रमा गोरखाका आरुघाट, बागुवा, फिनाम, थुमी, माझिखोला, डुल, सिरानचोक र लिथोडाँडा लगायतका करिब ११ वटा भन्दा बढी स्थानहरू अझै पनि नेपाल टेलिकमको सञ्चार पहुँचभन्दा बाहिर रहेको उल्लेख गरिएको छ ।

वर्तमान समयमा सञ्चार जस्तो आधारभूत सुविधाबाट नागरिक वञ्चित हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले ती स्थानहरूमा तत्काल टावर जडान गरी जनतालाई सञ्चारको पहुँचमा पुर्‍याउन आग्रह गरेका छन् ।

सञ्चार सुविधाको अभावमा ती क्षेत्रका बासिन्दाहरूले सूचना आदानप्रदान गर्न, आकस्मिक सेवा लिन र विद्यार्थीहरूले पठनपाठनमा समेत सास्ती खेप्दै आएका थिए ।

उनले आफ्नो कार्यकालको सुरुवात नै जनताको आधारभूत समस्या उठाउन सुरु गरेका छन् ।

गुरुङको यो पहलसँगै नेपाल टेलिकमले ती क्षेत्रमा प्राविधिक सर्वेक्षण गरी छिट्टै नेटवर्क विस्तार गर्ने बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ