+
Search

ताजा अपडेट +

पपुलर +

एक युवतीलाई ७ सय पटक बलात्कार गरेको अभियोगमा अमेरिकामा एक नेपालीलाई ३३८ वर्ष जेल सजाय

पालिका लाइभ
२०७६ भाद्र १९, बिहीबार

काठमाडौं- अमेरिकामा नेपालीहरु संलग्न अपराधका घटना निरन्तर बढिरहेका छन्।

नेपालीहरु पक्राउ परेका अधिकांश घटना यौन र अपराधसँग जोडिएका छन्।

सात सय पटक बलात्कार गरेको अभियोगमा तीन सय ३८ वर्ष जेल सजाय काटिरहेका नेपाली पनि अमेरिकी जेलमा छन्।

उनी हुन्, जनकपुरका अजयकुमार देव। अजय पेशाले साक्रामेन्टोस्थित खानेपानी संस्थानका इन्जिनियर थिए।

उनीमाथि आफ्नै धर्मपुत्री २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको छ।

त्यो पनि एक या दुईपटक हैन। पाँच वर्षदेखि हरेक साता तीन पटकसम्म। पाँच वर्षमा बलात्कृत भएको गणना गर्दा सात सय ३८ पटक।

र, यही मुद्दामा सन् २००९ मा क्यालिफोर्नियाकै स्थानीय जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ३ सय ३८ वर्ष जेल सजाय सुनाएको छ। उनी अहिले जेल सजाय काटिरहेका छन्।

त्यसैगरी हत्या, नक्कली विवाह, ठगीसँगै अबैद्य रुपमा अमेरिका प्रवेश गर्दासमेत नेपाली नागरिक अमेरिकी कारागारमा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ