गोरखा– बुहारीले खुर्पाले हानेर जेठाजुको हत्या गरेकी छन्।
शहीद लखन गाउँपालिका ७ बुंकोट चारघरेकी ५२ वर्षकी गोरी माया रानाले ८२ वर्षका जेठाजु बलबहादुर रानालाई खुर्पा प्रहार गरेर हत्या गरेकी हुन्।
खुर्पा प्रहारपछि गम्भीर घाइते भएका रानालाई उपचारको लागि जिल्ला अस्पताल गोरखामा उपचारको लागि पुर्याए लगत्तै अस्पतालले मृत घोषणा गरेको हो ।
हत्यापछि रानालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
आरोपित रानालाई प्रहरीले हत्यामा प्रयोग भएको खुर्पासहित पक्राउ गरिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रतिक्रिया