गाेरखा- एशियाली विकास बैङ्ककाे सहयाेगमा स्तरोन्नती भर्इरहेकाे ‘लुईटेल भञ्ज्याङ चित्रेपोखरी सडक’ स्तरोन्नतिको लागि दोस्रो पटक म्याद थपको तयारी थालिएको छ ।
जिल्लामा यातायात गुरूयाेजनाले पहिलाे प्राथमिकता दिएकाे याे सडक खण्ड असार मसान्तैमा स्तरोन्नति सकिनु पर्ने भएपनि ५० प्रतिशत मात्र काम सम्पन्न भएकाले म्याद थप्ने तयारी भएकाे हाे ।
पहिलाे पटक गत असारमा ६ महिनाकाे म्याद थपिएपनि ठेकेदार कम्पनीले अाधा मात्र सकिएकाेले म्याद थप्ने तयारी गरिएकाे हाे । ‘ठेकेदार कम्पनीले ३ महिनाका लागि म्याद थप्न पत्राचार गरेको छ’, आयोजना प्रमुख रामशरण आचार्यले भने ‘हामीले आवश्यक प्रक्रियाका लागि माथिल्लो निकायमा पठाएका छौं, उताबाट जे निर्णय हुन्छ, त्यही अनुसार काम अघि बढ्छ’ ।
एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा भूकम्पीय आपतकालीन सहायता आयोजना अन्तर्गत करीव ३० किलोमिटर लामो सो सडकको स्तरोन्तीको काम सन् २०१७ को जनवरीबाट शुरु भएको हो ।
दुई वर्ष अघि ठेक्का सम्झौता भै स्तरोन्नतीको काम शुरु भएपनि हालसम्म पहिलोखण्डको करीव ७० र दोस्रो खण्डको ७५ प्रतिशत काम सकिएको आयोजना प्रमुख आचार्यले बताए । ३० किलोमिटर मध्ये पहिलो १७ किलोमिटर सडक स्तरोन्नतीको मात्रै म्याद थप्न लागिएको उनको भनाई छ ।
दोस्रो खण्ड अर्थात नयाँगाऊँदेखि भच्चेकसम्मको सडक स्तरोन्नतीको भने म्याद बाँकी रहेको छ । पहिलोखण्डको १७ किलोमिटर कामको ठेक्का लामा अमर जेभी र दोस्रो खण्डको १३ किलोमिटरको ठेक्का लामा कन्टूक्सनलाई दिइएको छ ।
हर्मीको थानेस्वाँरादेखि मेलभञ्ज्याङसम्मको साढे २ किलोमिटर सडकको रेखाङ्कन सम्बन्धी विवाद छिटो सुल्झाउन नसक्दा काममा ढिलाई भएको लामा अमर जेभीका परियोजना ब्यवस्थापक विकास पण्डित क्षेत्रीले बताए । हर्मीसम्मको १४ किला ेमिटर सडकमा भने कालोपत्रे गर्नुअघिको सबै काम सकिएको उनको भनाई छ । एशियाली विकास बैङ्कले सो सडकखण्ड स्तरोन्नतीका लागि करीव ६१ करोड रुपैया सहयोग गरेको छ ।
किरण लाेहनी/दराैँदी दैनिकबाट
प्रतिक्रिया