+
Search

ताजा अपडेट +

पपुलर +

आँपपिपल अस्पतालमा निशुल्क आँखा परिक्षण, १ सय १८ जनाले लिए सेवा

पालिका लाइभ
२०७५ माघ ५, शनिबार

गोरखा– जिल्लाको आँपपिपल अस्पतालमा आज (शनिवार) भएको निःशुल्क आँखा परीक्षणमा १ सय १८ जनाको निःशुल्क शल्यक्रिया गरेका छन्।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, पालुङटार नगरपालिका, राइनास नगरपालिका र सिरानचोक गाउँपालिकाको संयुक्त रूपमा आयोजना भएको निःशुल्क आँखा परीक्षणमा उनीहरूको शल्यक्रिया गरिएको हो ।

आँखा परीक्षण गरी विभिन्न स्थानहरूबाट मोतिया विन्दुका बिरामीहरूको पहिचान गरी आँपपिपल अस्पतालमा ल्याएर निःशुल्क शल्यक्रिया समेत गरिएको पालुङ टार स्वास्थ्य इकाई प्रमुख दीपेन्द्र गिरीले बताए ।

उनका अनुसार पौष २८ गते राइनास नगरपालिकाको चक्रतीर्थ स्वास्थ्य चौकी सातविसे लमजुङ, पौष २९ गते पालुङटार नगरपालिकाको आयुर्वेद भवन ठाँटी पोखरी, पौष ३० गते खोप्लाङ स्वास्थ्य चौकी खोप्लाङ, माघ २ गते सिरानचोक गाउँपालिकास्थित हर्मी स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको थियो ।

चौकी खोप्लाङ, माघ २ गते सिरानचोक गाउँपालिकास्थित हर्मी स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ