+
Search

ताजा अपडेट +

पपुलर +

तमु ल्होसार पर्वका कारण गण्डकी प्रदेशमा आइतबार सार्वजनिक बिदा

पालिका लाइभ
२०७५ पुष १३, शुक्रबार

पोखरा-गण्डकी प्रदेशमा पुस १५ गते आइतबार सार्वजनिक बिदा हुने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबार सूचना जारी गरी पुस १५ मा तमु ल्होसार पर्व परेकोले गण्डकीस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराएको हो ।

गण्डकी प्रदेश विशेषतः गुरुङहरुको बाहुल्यता रहेको प्रदेश भएको र सो दिन उनीहरुको प्रमुख चाड तमु ल्होसार अवसरमा बिदा दिने निर्णय भएको जनाइएको छ । बिदाका लागि तमुहरुले सरकारलाई दबाब दिँदै आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ