+
Search

ताजा अपडेट +

पपुलर +

अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ देखियो : कानुनमन्त्री गौतम

पालिका लाइभ
२०८३ भाद्र ४, बिहीबार

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डरले कर्मचारीहरूले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको टिप्पणी गरेकी छन्।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री गौतमले ऐन–कानुनमा स्पष्ट लेखिएका विषयहरूमा समेत कर्मचारीहरू अख्तियारको डरले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको बताएकी हुन्।

‘डिसिजन प्यारालाइिसस’ का कारण सरकारी कामकारबाही ठप्प हुने र सरकारले प्रभावकारी रूपमा काम गर्न नसक्ने जटिल अवस्था सिर्जना भएको उनले बताइन्।

मन्त्री गौतमले अख्तियारलाई राजनीतिक प्रतिशोध, व्यक्तिगत रिसइबी वा कर्मचारी तर्साउने हतियारका रूपमा प्रयोग गर्न दिन नहुने धारणा राखिन्। सत्तामा जोसुकै आए पनि संवैधानिक निकायलाई कसैलाई ’फसाउने’ वा कसैलाई ‘बचाउने’ खेलको माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्ने उनको भनाइ थियो।

उनले केवल उजुरी परेको भरमा वा कसैलाई तान्ने उद्देश्यले मात्र अभियोजन गर्न नहुने भन्दै उजुरी परेपछि तथ्य र प्रमाण संकलनमा व्यापक अध्ययन गर्नुपर्ने र पर्याप्त प्रमाण पुगेपछि मात्र मुद्दा दायर गर्नुपर्ने बताइन्।

अख्तियारले आफ्नो व्यावसायिक चरित्र कायम राख्न सके सर्वसाधारण र प्रशासनको विश्वास जित्न सक्ने उनको भनाइ छ । उनले अख्तियारलाई स्वतन्त्र र निष्पक्ष राख्न सरकार प्रतिबद्ध रहेको बताइन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ