काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ जना अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले २२ जना उपसचिव र २३ जना शाखा अधिकृतको सरुवा गरेको हो।
मन्त्रालयको भदौ १ गतेको निर्णयअनुसार उपसचिवतर्फ २२ जना र शाखा अधिकृततर्फ २३ जनाको सरुवा तथा कामकाज व्यवस्थापन गरिएको हो। सरुवा भएकामध्ये अधिकांशलाई विभिन्न नगरपालिका तथा गाउँपालिकामा कामकाजका लागि खटाइएको छ।
उपसचिवलाई स्थानीय तहको जिम्मेवारी
सरुवाको सूचीअनुसार श्रम मन्त्रालयबाट लव राज जोशीलाई कमलबजार नगरपालिका, अछाममा खटाइएको छ। कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाहीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत खटाइएको निर्णयमा उल्लेख छ।
त्यस्तै हुलाक सेवा विभागबाट जमुना मिश्रलाई भक्तपुर नगरपालिका, भक्तपुरमा खटाइएको छ। भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत पठाइएको छ। गृह मन्त्रालयबाट प्रदर्शनी कुमारीलाई पचरौता नगरपालिका, बारा र लीला कुमारी केसी पाण्डेलाई वृन्दावन नगरपालिका, रौतहटमा खटाइएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सानुबाबु अधिकारीलाई देवाही गोनाही नगरपालिका, रौतहटमा कामकाजका लागि पठाइएको छ।
यस्तै नारायण प्रसाद ज्ञवालीलाई शितगंगा नगरपालिका, अर्घाखाँची, गुरुदत्त ढकाललाई सबैला नगरपालिका, धनुषा, चोमेन्द्र न्यौपानेलाई बूढीगंगा नगरपालिका, बाजुरा र युवराज पोखरेललाई मिथिला नगरपालिका, धनुषामा खटाइएको छ।
मन्त्रालयकाअनुसार कमल घिमिरेलाई कटहरिया नगरपालिका, रौतहट, सुशीला अधिकारीलाई खैरहनी नगरपालिका, चितवन, दीपक प्रसाद खतिवडालाई बलवा नगरपालिका, महोत्तरी, खिमराज भुसाललाई भंगाहा नगरपालिका, महोत्तरी र दीपक खड्कालाई बौधीमाई नगरपालिका, रौतहटमा खटाइएको छ।
त्यस्तै रवीन्द्र प्रसाद आचार्यलाई हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरी, तुलसी प्रसाद दाहाललाई ईशनाथ नगरपालिका, रौतहट, ईश्वरी दत्त पनेरूलाई त्रियुगा नगरपालिका, उदयपुर, दशरथ राम ओडलाई नारायण नगरपालिका, दैलेख, लोक बहादुर रानालाई अमरगढी नगरपालिका, डडेलधुरा र नमिता रेग्मीलाई मन्थली नगरपालिका, रामेछापमा खटाइएको निर्णयमा उल्लेख छ।
२३ शाखा अधिकृतमध्ये २२ जना स्थानीय तहमा
यता मन्त्रालयले २३ जना शाखा अधिकृतको पनि सरुवा गरेको छ। तीमध्ये २२ जनालाई विभिन्न स्थानीय तहमा कामकाजका लागि खटाइएको छ। शाखा अधिकृततर्फ गोविन्द प्रसाद आचार्यलाई सुनर्या गाउँपालिका, बैतडी, सनमाया रञ्जेललाई डिलासैनी गाउँपालिका, बैतडी र सुरेश कुमार रेग्मीलाई सोरु गाउँपालिका, मुगुमा खटाइएको छ।
त्यस्तै प्रदीप राईलाई महाकुलुङ गाउँपालिका, सोलुखुम्बु, लक्ष्मी प्रसाद उपाध्यायलाई मनहरी गाउँपालिका, मकवानपुर, अनुज गौतमलाई त्रिवेणी गाउँपालिका, रोल्पा, वन्दना श्रेष्ठलाई लिखु गाउँपालिका, ओखलढुंगा, टोपलाल अर्याललाई राक्सिराङ गाउँपालिका, मकवानपुर र तीर्थराज चापागाईँलाई भोटखोला गाउँपालिका, संखुवासभामा खटाइएको छ।
मन्त्रालयको निर्णयअनुसार दुर्गा लम्साललाई तातोपानी गाउँपालिका, जुम्ला, गिरी प्रसाद आचार्यलाई सर्मा गाउँपालिका, बझाङ, आवेद अन्सारीलाई छार्काताङसोङ गाउँपालिका, डोल्पा, नारायण पन्थीलाई जगन्नाथ गाउँपालिका, बाजुरा र नारायण खत्रीलाई शुभ कालिका गाउँपालिका, कालिकोटमा खटाइएको छ।
यस्तै बालकृष्ण अधिकारीलाई केदारस्युँ गाउँपालिका, बझाङ, कृष्ण पौडेललाई माप्य दूधकोशी गाउँपालिका, सोलुखुम्बु, दिलीप खड्कालाई नवदुर्गा गाउँपालिका, डडेलधुरा, विनय खड्कालाई शुद्धोधन गाउँपालिका, कपिलवस्तु, शिवराज कोइरालालाई खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोक, कमल प्रसाद भुसाललाई महाबै गाउँपालिका, कालिकोट, अर्जुन कुमार राउतलाई बलेफी गाउँपालिका, सिन्धुपाल्चोक र लोकराज खत्रीलाई इच्छाकामना गाउँपालिका, चितवनमा खटाइएको छ।
प्रतिक्रिया