काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको सिट गुम्ने गरी वामदेव गौतमलाई उप निर्वाचनमा नउठाउने दाबी गरेका छन्। पर्वहरुको अवसरमा ताप्लेजुङ जिल्लाले गरेको शुभकामना तथा चियापान कार्यक्रममा उनले जनताले सुशासनको अपेक्षा अनुरुप गर्न नसकिएको स्वीकारे गर्दे यस्ताे बताएका हुन् ।
काठमाडौं ७ को चर्चा बढिरहेको जनाउँदै उनले भने ‘पार्टीले निर्णय गर्न त बाँकी छ, म के मात्रै भन्न सक्छु भने हाम्रो सिट गुम्ने गरी चुनाव हुँदैन।’ यस बारेमा बुधबार पनि प्रधानमन्त्रीसँग कुरा भएको उनले बताए। निर्वाचनको समयमा ताप्लेजुङको चुनावी भाषणमा योगेश भट्टराइलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको आश्वासन पुरा गरिने बताए।
ओलीले भट्टराईको चुनावी सभामा सम्बाेधन गर्दै उनलाई जिताएर पठाउन सर्वसाधारणसँग आग्रह गरेका थिए। ओलीले भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका थिए। प्रचण्डले तत्कालीन समयको अोलीको भाषण स्मरण गर्दै भने ‘प्रधानमन्त्री र म बसेर त्यसलाई छिट्टै पूरा गर्नेछौं।’
सर्वसाधारणको अपेक्षा पूरा गर्न पार्टी तथा सरकारमा गम्भीर छलफल रहेको बताए। उनले भने ‘राम्रै गृहकार्य गरी जनताको माग सम्बाेधन गर्ने तयारीमा छौं।’ कम्युनिस्टलाई अवसर र चुनौती दुबै आएको उनले बताए।
सरकारले गर्दै नगरेको भनी जुन रुपमा प्रचार गरिएको छ, त्यस रुपमा सरकार पूरै असफल नभएको प्रष्टाए। सरकारले गरेका राम्रो कामको चर्चा हुनैपने जनाउँदै हवाई मार्ग र रेलका विषयमा भएका सम्झौता सरकारका सफलता भन्दै सन्तुष्टि व्यक्त गरे।
प्रतिक्रिया