काठमाडाैं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले निर्वाचनमा पराजित भएर आएको शक्तिले हारलाई सहजै नस्विकार्ने भएकोले परिवर्तनलाई संस्थागत गर्नका लागि चुनौती थपिएको बताएका छन्।
रौतहट–काठमाडौं सम्पर्क मञ्चले दसैँ, तिहार र छठको शुभकामना आदान प्रदान गर्न आयोजित कार्यक्रममा प्रचण्डले वर्तमान समय नेकपासँग प्रचुर सम्भावनाको समय रहेको बताए।
ठुला परिघटनापछि बन्ने सरकारमा सम्भावनासँगै चुनौती पनि उत्तिकै आउने बताए। संविधान परिवर्तनशील दस्ताबेज भएकाले परिमार्जित हुँदै जाने बताए।
संविधान सभाको चुनाव हुनु, संविधान बन्नु तथा कम्युनिस्ट दलको एकीकरण हुनु सामान्य परिघटना नभएको औँल्याउँदै दूरगामी महत्वका परिघटना भएको जनाए।
सांस्कृतिक धरोहरका रूपमा रहेका हाम्रा पर्वहरूको जगेर्ना गर्नु सबैको दायित्व हुने उनले बताए।
प्रचण्डले नेपाली सांस्कृतिक पर्वहरू फरक फरक समुदायले पनि मनाउँदै जानु नेपाली विशेषता भएको बताए ।