+
Search

ताजा अपडेट +

पपुलर +

नवलपरासीमा धौवादी फलाम उद्योग सञ्चालन प्रक्रिया अघि बढ्ने, लागत ५२ अर्ब

पालिका लाइभ
२०८१ माघ ७, सोमबार

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग सञ्चालनको कार्य द्रुत गतिमा अघि बढाउनुपर्ने बताएका छन् ।

पूर्वी नवलपरासीको हुप्सेकोटस्थित उक्त खानी उद्योग सञ्चालनका विषयमा सरकारी तथा निजी क्षेत्रका सरोकारवालासँग गरिएको अन्तरक्रियामा उनले उक्त कम्पनी सञ्चालनका कार्यहरू छिटोछरितो तवरले सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन ।

धौवादी फलाम खानिको उत्खनन, प्रशोधन तथा प्रयोग वर्तमान सरकारको उच्च चासो र प्राथमिकताको विषय भएको भन्दै उहाँले कम्पनी सञ्चालनको काम सरकारी र निजी क्षेत्रको सहकार्यमा द्रुत गतिमा निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

उक्त फलाम उद्योग सञ्चालनको विषय तेस्रो लगानी सम्मेलनका बखत प्राथमिकताका साथ उठेकोमा अहिले यसबारे भइरहेका छलफलहरूले उपयुक्त निर्णय गर्दै फलाम उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले उक्त खानी उद्योग सञ्चालन हुँदा व्यापार घाटा घट्नुका साथै अन्तर्राष्ट्रिय बजारमा फलाम निर्यात गरी आर्थिक विकास गर्न सकिने बताए । करिब ५२ अर्ब बढी लागतमा निर्माण हुने उक्त फलाम कम्पनी सञ्चालन गर्न ५५ प्रतिशत सरकारी र ४५ प्रतिशत निजी क्षेत्रको लगानीका विषयमा टुङ्गो लाग्न बाँकी रहेको उनले जानकारी दिए ।

अन्तरक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले उद्योगहरू सरकारको नेतृत्व र निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । धौवादी फलाम उद्योग सञ्चालनका लागि सरकार र निजी क्षेत्र सँगै अघि बढ्नुपर्ने भनाई राखेका छन् ।

कम्पनीका कार्यकारी निर्देशक डा. जनकबहादुर चन्दले कम्पनीको लक्ष्य तथा उद्देश्यहरू समयमै हासिल गर्न कम्पनीका भावी कार्य योजनाहरूलाई छिटो छरितो तथा सफलतापूर्वक सञ्चालन गर्नु जरुरी रहेकोसमेत बताए । यसका लागि उपयुक्त लगानी तथा उद्योग विकासको ढाँचा, विद्यमान सेयर संरचनामा गर्नुपर्ने संशोधन आदिको बारेमा यस्ता कार्यशाला गोष्ठीबाट थप मार्गचित्र प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन् ।

विसं २०६८ सालमा हुप्सेकोट गाउँपालिका–५ को पोखरी, दुरुलंगा तथा धौवादी क्षेत्रमा फलाम खानी भेटिएको थियो । उक्त खानीको धाउ क्षेत्र करिब ४१ वर्ग किलोमिटरमा फैलिएको छ । उक्त खानीबाट २०८५ सालदेखि व्यवसायीका उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । खानी सञ्चालन पश्चात् करिब २ हजार ५सय र अप्रत्यक्ष २५ हजार जनाले अप्रत्यक्ष रूपमा रोजगारी पाउने बताइएको छ भने उक्त खानीबाट दैनिक १ हजार ५ सय टन फलाम उत्पादन हुने बताइएको छ ।

सरकारले २०७६ सालमा धौवादी फलाम खानी लिमिटेड गठन गरेको थियो । खानी पूर्ण क्षमतामा सञ्चालन हुँदा नेपालले हाल आयात गरिरहेको फलाम तथा फलामजन्य सामग्रीको २५ प्रतिशतभन्दा बढी माग पूरा हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ