+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहका ४१ पदमा उपनिर्वाचन हुदैं, कार्यातालिका स्वीकृत, कहाँ-कहाँ हुँदैछ निर्वाचन ?

पालिका लाइभ
२०८१ आश्विन २, बुधबार

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको उपनिर्वाचन आगामी मंसिर १६ गते आइतबारका दिन हुने तय गरेको छ ।

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरको हो ।

कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना यहि असोज ९ गते प्रकाशन गरी असोज १० देखि १६ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गर्ने कार्यातालिका रहेकाे छ ।

त्यस्तै, कार्तिक २६ गते मतदाताको अन्तिम नामावली  प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखी निर्वाचन कार्यक्रम संचालन गर्दै १६ गतेसम्म मतदान गर्ने लगायतका ६२ वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत भएको आयोगले जानकारी दिएको छ ।

कहाँ-कहाँ हुँदैछ निर्वाचन ?

नेपाली कांग्रेसबाट निर्वाचित २ रिक्त जिल्ला समन्वय समिति प्रमुख

१. ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुख – डिल्लीराम खनाल

२. कैलाली जिल्ला समन्वय समिति प्रमुख – पदमबहादुर कलेल

नेपाली कांग्रेसबाट रिक्त ३ प्रमुख तथा अध्यक्ष

१. काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख – राजकुमार नकर्मी

२. मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष – जयप्रसाद गच्छदार

३. दैलेखको महाबु गाउँपालिका अध्यक्ष – लक्ष्मण गुरुङ

नेपाली कांग्रेसबाट निर्वाचित रिक्त ३ उपप्रमुख तथा उपाध्यक्ष

१. जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख – सरिता सिंह

२. दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष – श्याम तामाङ

३. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष – मैना जोशी

नेपाली कांग्रेसबाट स्थानीय तहमा रिक्त १६ वडाध्यक्ष

१. तेह्रथुमको लालीगुराँस नगरपालिका ८ नम्बर वडाध्यक्ष – तेजमान लिम्बू

२. ओखलढुंगाको मोलुङ गाउँपालिका ५ नम्बर वडाध्यक्ष – गोपीकृष्ण कार्की

३. उदयपुरको त्रियुगा नगरपालिका १२ नम्बर वडाध्यक्ष – चुडाराज काफ्ले

४. उदयपुरकै बेलका नगरपालिका ९ नम्बर वडाध्यक्ष – पदम खड्का

५. सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ नम्बर वडाध्यक्ष – हरिप्रसाद राय

६. धनुषाको धनुषाधाम नगरपालिका १ नम्बर वडाध्यक्ष – विश्वनाथ यादव

७. रौतहटको राजपुर नगरपालिका ६ नम्बर वडाध्यक्ष – शेख आलम

८. काठमाडौंको कीर्तिपुर नगरपालिका १ नम्बर वडाध्यक्ष – हिरालाल महर्जन

९. काठमाडौंको काठमाडौं महानगरपालिका १६ नम्बर वडाध्यक्ष – मुकुन्द रिजाल

१०. नुवाकोटको ककनी गाउँपालिका २ नम्बर वडाध्यक्ष – तिलक लामा

११. गुल्मीको मुसिकोट नगरपालिका १ नम्बर वडाध्यक्ष – मोहन घिमिरे

१२. रोल्पाको रुन्टीगढी गाउँपालिका ४ नम्बर वडाध्यक्ष – टेकबहादुर पुन

१३. बर्दियाको ठाकुरबाबा नगरपालिका ४ नम्बर वडाध्यक्ष – सूर्यबहादुर विष्ट

१४. रुकुम पश्चिमको सानोभेरी गाउँपालिका ५ नम्बर वडाध्यक्ष – अलबहादुर खत्री

१५. डोटीको पूर्वीचौकी गाउँपालिका ६ नम्बर वडाध्यक्ष – पुष्पराज जोशी

१६. कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडाध्यक्ष – महेन्द्र भट्ट

नेकपा माओवादी केन्द्रबाट निर्वाचित रिक्त २ गाउँपालिका उपाध्यक्ष

१. हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष – चन्द्रसिंह कार्की

२. रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष – भुपिन्द्रा बुढा

नेकपा माओवादी केन्द्रबाट निर्वाचित रिक्त ६ वडाध्यक्ष

१. महोत्तरीको रामगोपालपुर नगरपालिका २ नम्बर वडाध्यक्ष – मुकेशकुमार यादव

२. मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाध्यक्ष – ललित घलान

३. कालीकोटको तिलागुफा नगरपालिका ४ नम्बर वडाध्यक्ष – परबहादुर शाही

४. जाजरकोटको कुसे गाउँपालिका ७ नम्बर वडाध्यक्ष – मनबहादुर घर्ती

५. दार्चुलाको दुहुँ गाउँपालिका ५ नम्बर वडाध्यक्ष – मनोरथ भट्ट

६. रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका २ नम्बर वडाध्यक्ष – जसबहादुर श्रीपाली

नेकपा एमालेबाट निर्वाचित ७ वडाध्यक्ष

१. झापाको कन्काई नगरपालिका ६ नम्बर वडाध्यक्ष – दीर्घबहादुर थापा

२. सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडाध्यक्ष – शडानन्द उराब

३. रौतहटको ईशनाथ नगरपालिका ७ नम्बर वडाध्यक्ष – शेखखली उल्लाह

४. गोरखाको गोरखा नगरपालिका ५ नम्बर वडाध्यक्ष – खिलबहादुर राना

५. दैलेखको दुल्लु नगरपालिकाको १३ नम्बर वडाध्यक्ष – बिर्खबहादुर शाही

६. डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ नम्बर वडाध्यक्ष – नन्दलाल रोका

७. बझाङको सुर्मा गाउँपालिका ४ नम्बर वडाध्यक्ष – सर्जन बोहोरा

जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित रिक्त १ वडाध्यक्ष

१. रौतहटको गढीमाई नगरपालिका ८ नम्बर वडाध्यक्ष – रामाग्य राय

स्वतन्त्रबाट निर्वाचित एक वडाध्यक्ष

१. काठमाडौंको कीर्तिपुर नगरपालिका ४ नम्बर वडाध्यक्ष– श्यामकुमार अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ