+
Search

ताजा अपडेट +

पपुलर +

जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्छः मन्त्री यादव

पालिका लाइभ
२०८० पुष ५, बिहीबार

काठमाडौं- खानेपानी तथा सरसफाइमन्त्री महिन्द्र राय यादवले जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्ने बताए।

बिहीबार काठमाडौंमा नेपाल नगरपालिका संघको आयोजनामा भएको राष्ट्रिय सहरी सरसफाइ सम्मेलन, २०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले स्थानीय तहमा विकासको बजेट समुचित विनियोजन हुनुपर्ने बताए। सरकार कसरी स्थानीय तहलाई प्रभावकारी बनाउन सकिन्छ? भन्ने कुरामा काम गरिरहेको उनले उल्लेख गरे।

सबै क्षेत्रको विकास जनसंख्या र भुगोलका आधारमा हुनुपर्ने उनले बताए। देशको मानव सूचकांकको आधारमा विकासको बजेट छुट्याउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले संघ, प्रदेश र स्थानीय तह नमिलिकन कुनैपनि विकास निर्माणका काम सम्पन्न हुन नसक्ने बताए। संघ सरकारले स्थानीय तहलाई दिनुपर्ने अधिकार चाँडोभन्दा चाँडो दिनुपर्ने उनले माग गरे।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ