+
Search

ताजा अपडेट +

पपुलर +

पोखराबाट काठमाडौं उड्न लागेको यति एयरको विमानमा मुसा भेटिएपछि…….

पालिका लाइभ
२०८० श्रावण १५, सोमबार

पोखरा– सोमबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडान भर्न लागेको यति एयरलाइन्सको जहाजमा मुसा भेटिएपछि उडान रोकिएको छ।

यति एयरलाइन्सको उडान नम्बर ६७८ मा को जहाज बिहान ११:५० बजे पोखराबाट काठमाडौंका लागि उड्ने तयारी थियो।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना समेत उक्त जहाजमार्फत् काठमाडौं फर्किने तयारीमा थिए। तर उनी प्लेन चढ्न नपाइ उडान स्थगीत भएको जानकारी पाए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान अनुमति पाएको जहाजमा मुसा देखिएपछि उडान रोक्नु परेको हो।

जहाजमा मुसा देखिएपछि उडान रोकेर अर्को जहाजमार्फत् यात्रुहरुलाई काठमाडौं पठाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ