+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डले भने- मेराे अन्तरआत्माले भन्याे भने एक मिनेट पनि पदमा बस्दिन [भिडिओ]

पालिका लाइभ
२०८० असार २५, सोमबार

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने नलागेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले आफू पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै अहिले प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलागेको बताए।

उनले भने, ‘मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन। तर जति हुन्छु, यो पटक म जनताको पक्षमा काम गरेर देखाउँछु। त्यही अनुसार काम गर्दै छु।’

https://www.facebook.com/palikalivenp/videos/825991382007609

उनले तेस्रो पटक प्रधानमन्त्री हुँदा जनतालाई केही भन्नु छ भनेको भएकाले अहिले सोही अनुसार अघि बढेको सुनाए।

उनले यसअघि दुवैपटक नैतिकताको धरातलमा टेकेर प्रधानमन्त्रीबाट राजीनामा दिएको स्मरण गरे।

कसैले भनेर आफूले राजीनामा नदिने उल्लेख गर्दै आफ्नो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने प्रष्ट्याए।

भिडिओ

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ