+
Search

ताजा अपडेट +

पपुलर +

लक्षित वर्गलाई १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने महानगरको तयारी

पालिका लाइभ
२०८० जेष्ठ १४, आईतवार

काठमाडौं– काठमाडौं महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पतालहरूलाई कारबाही गर्नेबागम तयारी गरेको छ ।

महानगरका अनुसार कारबाही स्वरूप केन्द्र र प्रदेश मातहत अन्तर्गतका ७२ वटा अस्पतालको नाम सार्वजनिक गर्ने तयारी छ ।

महानगर स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार नाम सार्वजनिक गर्दा पनि अटेर गर्ने अस्पताललाई थप कारबाहीका लागि संघ र प्रदेश सरकारलाई लेखेर पठाइने छ । यति गर्दा पनि अटेर गर्ने स्वास्थ्य संस्थाको प्रशासन नै बन्द गरिने उनले बताए ।

गत २ जेठमा महानगरले एक सूचना निकाल्दै लक्षित वर्गका बिरामीले निःशुल्क सेवा लिएको विवरण टाँस गरेर विवरणहरु प्रत्येक महिनाको १० गते भित्र पठाउन भनेको थियो ।

अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुलमध्ये १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।

यस व्यवस्था बमोजिम अतिरिक्त लक्षित वर्गको विवरण पठाउन महानगरको आग्रह गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ को स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार स्थानीय तहलाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ