+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखा उघाेग बाणिज्य संघकाे अध्यक्ष बन्न पार्टी परिर्वतन गरेपछि …..

पालिका लाइभ
२०७८ पुष ९, शुक्रबार

गोरखा– गोरखा उघाेग वाणिज्य संघकाे अधिवेशनमा प्यानल सहित उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई पत्रकारले प्रश्न गरे- अध्यक्ष बन्न पार्टी परिवर्तन गर्नुभएको हो ? यो आन्तरिक विषय भएको भन्दै उनी पन्छिए ।

संघको साधारण सदस्य लिएको ३१ वर्ष पछि श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ०४८ सालमा संघको साधारण सदस्यबाट प्रवेश गरेका श्रेष्ठले ०६१ सालमा कार्य समिति सदस्य हुदैं सचिव, कोषाध्यक्ष, महासचिव, द्वितीय उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष भए । उनी नेकपा एमाले निकटका थिए । संघमा ‘बजारिया नेवार (श्रेष्ठ)’को बाक्लो उपस्थिति रहेको बेला अध्यक्ष हुनकै लागि उनी कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले उनलाई टिका लगाएर केही समयअघि कांग्रेसमा प्रवेश गराएका थिए ।

संघकाे इतिहासमा कांग्रेस इतर र ‘बजारिया नेवार’ बाहेकका अन्यले अध्यक्षमा उम्मेदवारी दिएको र निर्वाचित भएको इतिहास भेटाउन मुस्किल छ। संघमा गोरखा बजारका व्यापारी धेरै भएको र यसको इतिहास नै ‘बजारिया नेवार’ भएकाले अन्यले चाहेर पनि उम्मेदवारी दिने आँट गर्न सक्दैनन् । उम्मेदवारी दिए पनि निर्वाचित हुने सम्भावना कम छ ।

यो पनि,

उद्योग वाणिज्य संघमा उम्मेदवारिको लर्को, अधिवेशन नजिकिँदै गर्दा अर्को प्यानलले गर्‍यो घोषणा

नेकपा एमाले निकटका र ‘बजारिया नेवार’ बाहेकका श्रेष्ठ अध्यक्ष बन्नैका लागि कांग्रेस प्रवेश चर्चा चलेको छ । कोरोना महामारीका कारण ११ महिना पछि हुन लागेको अधिवेशनमा श्रेष्ठ प्यानलबाट द्वितीय उपाध्यक्ष भगवान्बाबु मास्के वरिष्ठ उपाध्यक्षमा, सचिव अस्मकबावु श्रेष्ठ महासचिवमा, कोषाध्यक्ष प्रकाशचन्द्र श्रेष्ठ महासचिवमा, कोषाध्यक्षमा चन्दनबाबु खत्री, सचिवमा गोविन्द गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । उनीहरू सबै कांग्रेस निकटका हुन् । ६ सय भन्दा बढी साधारण सदस्य रहेको संघको निर्वाचनमा ५५३ जनाले मतदाता छन् ।

संघकाे पुस १० र ११ गते ४६औँ वार्षिक साधारण सभा तथा १६औँ अधिवेशन हुदैंछ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बाकृष्ण खाँडले गर्ने तय भएको संघले जनाएको छ । २०२७ सालमा ‘बजारिया नेवार’ मात्रै सदस्य भएर स्थापना भएको संघमा अहिलेसम्म बजारिया र कांग्रेस इतरका अध्यक्ष निर्वाचित भएका छैनन् । जानकारहरूका अनुसार यस पटक पनि अध्यक्ष बन्नकै लागि उनी कांग्रेस प्रवेश गरेका हुन् ।

संघमा क्रमिक रूपमा तलबाट माथिसम्म भएर आउनु पर्छ । उनी कार्य समिति सदस्य हुदैं कोषाध्यक्ष, सचिव, महासचिव, द्वितीय उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष भएका हुन् । संघमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने एकखालकाे प्रावधान रहेको छ ।

संघको विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिव एक/एक जना निर्वाचित हुने छन् । यस्तै, ७ सदस्य निर्वाचित हुनेछन् । यसबाहेक वस्तुगत तर्फ सुनचाँदी व्यवसायीबाट एक, महिला उद्यमी विकास समितिबाट एक, महिला खुल्ला तर्फ एक सदस्य रहनेछन् । हरेक पालिकाको इकाई अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

दुई जना सदस्य मनोनीत हुनेछन् । कार्यसमितिले एक र अध्यक्षले एक जना मनोनीत गर्ने संघको विधानमा व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ