काठमाडौं- नयाँ दिल्लीमा शंकास्पद क्यान्सरको निक्र्योल गरी फर्किएको भोलिपल्टै जनता समाजबादी पार्टी (जसपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ राजनीतिक सहमतिसहितको चुनावी सरकार बनाउन अपील गरेका छन् ।
सामाजिक सन्जाल ट्वीटरमार्फत उनले १० दिन प्रवासमा स्वास्थ्य उपचारपछि स्वदेश फर्कँदा आफ्नो भन्दा देशको अवस्थाले गम्भीर बनाएको भन्दै लेखेका छन्, ‘अहिलेको समस्याको जरो २०६५/०६६ पछि भत्केको राजनीतिक सहमति हो । बातो विराए पुरानै ठाउँमा फर्कनू भनेझैं एक पटक ‘फर्गिभ एण्ड फर्गेट’ को स्पिरिटमा राजनीतिक सहमती गरेर चुनाबी सरकार निर्माण गरौं ।’
अ)TRCलगायत शान्तिप्रक्रियाका बाॅकी काम पूरागरौं;आ)सहमतिले संविधान संशोधन गरौं;इ)संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन दिऊॅ;ई)समावेसी समृद्धिको वृहद गुरूयोजना बनाएर कार्यान्वयन गरौं;उ)विश्व/छिमेकमा बदलिदो भूराजनीतिलाई ध्यान दिंदै मुख्यत: भारत/चीन/अमेरिकासंग असल सम्बन्ध बनाऊॅ!
— Baburam Bhattarai (@brb1954) March 2, 2021
लगत्तै अर्को ट्वीट गरी उनाले सहमतीको चुनावी सरकारसँगै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतीमा संविधान संशोधन गर्ने, सैवैधानिक अंगहरुलाई निश्पक्ष बनाउने, समावेशी समृद्धिको बृहत गुरुोजना बनाएर कार्यान्वयन गगर्ने र बदलिँदो भूराजनीतिलाई ध्यानमा राखेर मित्रराष्ट्रहरुसँग असल सम्बन्ध बनाउनुपर्ने पनि बताएका छन् ।
ट्वीटमा जवाफ दिँदै राप्रपा अध्यक्ष कमल थापाले भट्टराईंलाई नै सहमतीको चुनावी सरकार प्रमुख बनाउन आफ्नो प्रस्ताव रहने जनाएका छन् ।
दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो।यसो गरौं न: १.ऐलेको समस्याको जरो०६५/६६पछि भत्केको राजनीतिक सहमति हो! बाटो बिराए पुरानै ठाउॅमा फर्कनू भने झैं एक पटक Forgive&Forgetको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसंगै यी काम गरौं:..२
— Baburam Bhattarai (@brb1954) March 2, 2021
‘दिल्लीमा स्वास्थ्य परीक्षण÷उपचार गरेर फर्कने वित्तिकै यस्तो मौलिक सोच आउनु मित्रको उर्वर मस्तिष्कको प्रशंशा गर्नैपर्छ । बरु यो सबै कामका लागि भर्खरै दिल्लीबाट स्वस्थ भएर फर्कनुभएको तपाईंलाई नै प्रधानमन्त्री बनाऔं भन्ने मेरो प्रस्ताव छ । यसो गरे कसो होला ? सहपाठी मित्र ।’
प्रतिक्रिया