+
Search

ताजा अपडेट +

पपुलर +

भौतिक दूरी र मास्कको प्रयोगमा बेवास्ता, काठमाडौं उपत्यका कोरोनाको केन्द्र बन्दै

पालिका लाइभ
२०७७ आश्विन १७, शनिबार

काठमाडौं- भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक्र्याइँ बढेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ।

उपत्यकासहित देशभर व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिक जसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको छ।

सरकारले पटक पटक आम नागरिकलाई कोरोनासँग ख्यालठट्टा नगर्न आग्रह गरे पनि स्वयं नागरिकले आत्मानुशासन तोड्दै गएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने, ‘कम्तीमा व्यक्ति व्यक्तिबीच दुई मिटर भौतिक दुरी कायम हुनुपर्छ । कुनै पनि बहानामा हेलचेक्र्याइँ गर्नुहुँदैन।’

अन्य सबै जिल्लामा थपिएका संक्रमितलाई आधार मान्दा काठमाडौं उपत्यकामा मात्रै झन्डै ५० प्रतिशत धेरै संक्रमित थपिएका छन् ।

अन्य जिल्लामा १६ असोजसम्म २४ हजार ४ सय २३ संक्रमित थपिएकामा काठमाडौं उपत्यकामा मात्रै १३ हजार ८० संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकामा बिहीबार १ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । यो उपत्यकाको हालसम्मकै उच्च संक्रमण हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ