+
Search

ताजा अपडेट +

पपुलर +

२४ घण्टायता थप १३२५ जनामा कोरोना संक्रमण, ६४ हजार १२२ पुगे संक्रमित

पालिका लाइभ
२०७७ आश्विन ४, आईतवार

काठमाडौं- पहिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्। यी मध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ८४०७ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा ९ हजार ५८४ जनाको परीक्षण भएको छ। हाल ७ हजार ४५१ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा ९६६ जना निको भएका छन्। यो सँगै ४६ हजार २३३ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ