+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौँमा २७० सहित उपत्यकामा थपिए ३७७ कोरोना संक्रमित

पालिका लाइभ
२०७७ भाद्र ११, बिहीबार

काठमाडौं-काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जनामा संक्रमण पुष्टि भएको हो। बुधबार उपत्यकामा ३०१ जनामा संक्रमण देखिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ