+
Search

ताजा अपडेट +

पपुलर +

बंगालको खाडीको वायुको प्रभावले मौसमी गतिविधि सक्रिय, देशभर पानी पर्ने

पालिका लाइभ
२०७६ भाद्र २९, आईतवार

काठमाडौं- बंगालको खाडीबाट आएको जलवाष्प युक्त वायुको प्रभावले देशभर मौसमी गतिविधि सक्रिय भई आज पनि विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली भई मध्य क्षेत्रका पहाडी भेग र पूर्व तथा पश्चिमका केही स्थानमा हल्का पानी परीरहेको छ।

काठमाडौँ उपत्यमा पनि वर्षा भइरहेको छ।

आज दिनभरि देशका धेरैजसो स्थानमा आंशिकदेखि समान्य बदली भई केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

यस्तै आज राति देशभर सामान्य बदली हुनेछ। केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

राति पूर्वी तथा मध्य भूभागका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ